Logo
Logo

लुम्बिनी प्रदेश सभाको बैठक १३ गते बस्ने


189
Shares

रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक माघ १३ गते बस्ने भएको छ । यसअघि सातौँ अधिवेशन मङ्सिर ८ गते एक दिन मात्रै बसेर स्थगित गरिएको थियो ।

लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सूचना जारी गर्दै प्रदेश सभाको बैठक माघ १३ गते मङ्गलवार बस्ने जानकारी दिएका हुन् ।

यो बैठकमा प्रदेश सभामा यसअघि सहभागी रहेका ४ सांसद राजीनामा दिएकाले सहभागी हुने छैनन् । ८७ सदस्यीय प्रदेश सभा अब ८३ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्