Logo
Logo

नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरूलाई १ दिने तालिम 


126
Shares

पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई १ दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यवसाय गरी छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरू र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरुमा आबद्ध रही कार्य गर्ने  १८५ जना अभिकर्ताहरूलाई पोखरा स्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण गराएका हुन् । 

The current image has no alternative text. The file name is: pokhara.jpg

प्रशिक्षणको क्रममा उनले एमडीआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरु अबलम्बन गरी फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिएका हुन् । 

कार्यक्रममा कम्पनीका उप-प्रमुख कार्यकारी अधिकृत स्मृति राज कंडेलज्युले यस प्रकारको तालिमबाट अभिकर्ताहरूको मनोबल वृद्धि भै आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएको हुँदा कम्पनीले अभिकर्ताहरूलाई उत्कृष्ट तालिम दिने गरी प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता भन्ने नारा सहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट  ७०० भन्दा बढी छनौट भएका सबै अभिकर्ताहरूलाई पायक पर्ने विभिन्न स्थानहरूमा  कार्यक्रम सञ्चालन गरिएको बताए । साथै, उनले  शाखा स्तरिय प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए । 

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले अभिकर्ताहरूलाई आजको तालिमबाट सिकेको ज्ञानलाई ब्यबहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गरेर देखाउने अपेक्षा रहेको बताए । पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले धन्यबाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस प्रकारको उत्कृष्ट तालिमबाट आफूहरूको मनोबल उच्च भएको हुँदा आगामी दिनहरूमा बिमा ब्यबसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्