Logo
Logo

सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरी लुटपाट


315
Shares

सर्लाही । सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तीय संस्थामा लुटपाट भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले संस्थाको कार्यालयभित्र प्रवेश गरी लुटपाट गरेको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर वीरेन्द्र सिंह जोखारीका अनुसार ५–६ जनाको समूहले बिहीबार दिउँसो कार्यालयमा प्रवेश गरी लुटपाट गरेको थियो ।

लुटपाटका क्रममा उक्त समूहले संस्थाका कर्मचारीमाथि छुरा प्रहारसमेत गरेको जोखारीले जानकारी दिए । छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन् ।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाएको छ । लुटेरा समूहले लघुवित्तका कर्मचारीलाई कोठाभित्र बन्द गरेर लुटपाट गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्