Logo
Logo

काठमाडौं-१ को चुनावी जोडघटाउ: मदन भण्डारीको त्यो ‘क्रेज’ र आजको ‘अग्निपरीक्षा’ –भिडियो


378
Shares

काठमाडौं । राजनीतिमा काठमाडौंले जे सोच्छ, देशमा त्यही हुने गरेको छ । त्यसमा पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर एक यस्तो भुगोल हो, जसले हरेक राजनीतिक परिवर्तनपछि देशको सत्ता र शक्ति समीकरणलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।

कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेतालाई पराजित गर्ने ’जननेता’ मदन भण्डारीको उदय होस् वा गणतन्त्रपछि कांग्रेसको गढका रूपमा स्थापित प्रकाशमान सिंहको विरासत । यो क्षेत्र सधैं ‘हाइप्रोफाइल’ भिडन्तको केन्द्र बन्यो । तर, यसपटकको दृश्य फेरिएको छ । ’जेनजी आन्दोलन’को राप र परम्परागत शक्तिप्रतिको वितृष्णाबीच काठमाडौं एक फेरि एकपटक राजनीतिक ’अग्निपरीक्षा’मा होमिएको छ ।

२०४६ को परिवर्तनपछि यो क्षेत्र कम्युनिष्टहरूको ‘लालकिल्ला’ मानिन्थ्यो । मदन भण्डारी र विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री र कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई पराजित गरेको इतिहास अझै ताजा छ । यद्यपि, २०६४ पछि लगातार चार पटक प्रकाशमान सिंहले यहाँ कांग्रेसको झण्डा गाडे । यसपटक प्रकाशमान चुनावी मैदानमा छैनन् । तर, चुनावी मैदानमा उत्रिएका २९ उम्मेदवारहरूका लागि यो क्षेत्र ‘अघोषित कुरुक्षेत्र’ बनेको छ ।

बाँकी भिडियोमा

प्रतिक्रिया दिनुहोस्