काठमाडौं । भारतको पञ्जाबको जालन्धरमा आम आदमी पार्टीका नेता लकी ओबेरोयको गोली हानी हत्या गरिएको छ ।

शुक्रवार बिहान लकी ओबेरोय मोडेल टाउनको गुरुद्वाराबाट फर्किरहेका बेला यो घटना भएको बताइएको छ । आक्रमणकारीहरूले आठदेखि दस राउन्ड गोली चलाएको बताइएको छ ।
आक्रमणकारीहरूले गाडीमा यात्रा गरिरहेका लकीमाथि आठदेखि दस गोली प्रहार गरेका थिए, जसबाट उनको छाती र टाउकोमा लागेको थियो । लकी ओबेरोयले काउन्सिलरको चुनावमा उम्मेदवारी दिएका थिए ।
प्रदेशमा आफ्ना पार्टीको सरकार रहेको भएपनि आफ्नै नेता माथि आक्रमण भएको भन्दै विपक्षीहरूले पन्जाब सरकारको आलोचना गरेका छन् ।











