Logo
Logo

विदेशी शक्तिले पपुलिष्टलाई लगानी गरेर लोकतन्त्रविरुद्ध प्रयोग गरे : प्रचण्ड


441
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीति जित्न भनेर अग्रसर भइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै प्रचण्डले साम्राज्यवादीहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गराउन पपुलिस्टहरूलाई लगानी गर्ने गरेको बताए ।

‘अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ । सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दैछन्,’ उनले भने, ‘विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।’

संयोजक प्रचण्डले रास्वपाप्रति संकेत गर्दै पपुलिस्टहरू लोकतन्त्रविरुद्ध विदेशीले प्रयोग गर्ने पात्रहरू भएको बताए । उनले २६ वटा घटकहरू मिलेर बनेको नेकपा अब देशकै ठूलो पार्टी बन्ने दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्