Logo
Logo

नयाँको मकुन्डो, पुरानै अनुहार (भिडियो)


0
Shares

काठमाडौं । नेपाली राजनीतिको रङ्गमञ्चमा अहिले एउटा दृश्य मञ्चन भइरहेको छ, जहाँ पात्रहरू पुराना छन्, तर सबैलाई ‘नयाँ’ देखिनुपर्ने बाध्यता छ । जेनजी आन्दोलनपछि आएको उभारले लोकतन्त्रलाई ताजा बनाउने आशा जगाएको थियो, तर त्यो आशा आज नयाँ बन्ने होडमा सीमित हुँदै गएको छ ।

तीन दशकदेखि सत्ता वरिपरि घुमिरहेका दलहरू आज आफूलाई नयाँ प्रमाणित गर्न आतुर छन् । निर्वाचनको पूर्वसन्ध्यामा दलहरूबीच को बढी नयाँ ? भन्ने होडबाजी छ । तर, यो होडबाजीमा एजेण्डा र सिद्धान्तको खडेरी भने प्रष्टै देखिन्छ । नयाँ दल बन्ने मापदण्ड के ? भर्खरै निर्वाचन आयोगमा दर्ता हुनु नयाँपन हो ? कि विचार ? यही भाष्यको तानातानमा पुराना शक्तिहरू आफूलाई सान्दर्भिक देखाउन मरिमेटेका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्