Logo
Logo

बङ्गलादेश चुनाव : मतदानपछि तारिक रहमान विजयप्रति आशावादी


882
Shares

काठमाडौं । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले मतदान गरेपछि आफ्नो पार्टीको विजय र सरकार गठनप्रति आशावादी रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: bangladesh.jpg

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरू सरकार बनाउन सफल भएमा देशमा कानुन र व्यवस्था सुदृढ पार्ने र नागरिकले सुरक्षित महसुस गर्न सक्ने प्रतिक्रिया दिएका छन् ।

उनले आफूले संवैधानिक अधिकार प्रयोग गरेको उल्लेख गर्दै भने, ‘एक दशकभन्दा बढी समयदेखि बङ्गलादेशका जनता यस दिनको प्रतीक्षामा थिए ।’

उनले आज जनताले व्यापक रूपमा मतदानमा सहभागी भई लोकतन्त्रको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे। रहमानले देशका विभिन्न स्थानबाट केही अप्रिय घटनाको खबर आएको उल्लेख गर्दै सुरक्षा निकायले कडाइका साथ अवस्था नियन्त्रण गरेकोमा विश्वास व्यक्त गरे ।

महिलाको सहभागिताबारे सोधिएको प्रश्नमा उनले बङ्गलादेशको आधा जनसङ्ख्या महिला रहेको स्मरण गराउँदै उनीहरूको सशक्तीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । 

२०२४ को अक्टोबरमा भएको विद्रोहपछि पहिलो पटक निर्वाचन हुन लागेको छ । चुनावपूर्व सार्वजनिक गरिएका जनमत सर्वेक्षणहरूमा बीएनपी अग्रस्थानमा देखिएको छ ।यस चुनावमा पूर्व प्रधानमन्त्री सेख हसिनको दल अवामी लिगलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएकोले मुख्य प्रतिस्पर्धा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र यसअघि उसको  सहयोगी जमात–ए–इस्लामीबीच देखिएको छ ।

३०० सिटमध्ये २९९ सिटमा मतदान हुँदै छ । एक उम्मेदवारको निधनका कारण एक सिटमा मतदान स्थगित गरिएको छ । कुल १२ करोड ७७ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्