काठमाडौं । कामना सेवा विकास बैङ्कले काठमाडौं, बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैङ्कका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा १५ प्रतिशतसम्म छुट पाउने छन् । बैङ्कको ग्राहकहरूले बैङ्कसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने छन् । सम्झौताबाट बैङ्कसँग अब ग्राहकहरूले विशेष लाभ लिने बैङ्कले विश्वास छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैङ्कका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा। प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरेका थिए ।











