
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् ।
हिमाली जिल्लामा निर्वाचनको अवस्था बुझ्न आज बिहान सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन फागुन २१ गते नै चुनाव हुने बताएकी हुन् ।
उनले भनिन्, ‘पुरै देशभर एकैदिन फागुन २१ मा चुनाव सम्भव छ । हामीले मौसमको पनि अध्ययन गरिरहेका छौ, पुरै सम्भव छ ।’











