रुकुमपूर्व । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केवल सांसद बन्नका लागि रुकुमपूर्व नआएको बताएका छन् ।

निर्वाचन क्षेत्र पुगेका प्रचण्डले शहीद र बेपत्ता परिवारका सपना पूरा गर्दै गणतन्त्रलाई संस्थागत गरी समाजवादको आधार तयार पार्ने लक्ष्यसहित आधारभूमि फर्किएको बताए ।
उनले शहीद मार्गलाई पूर्णता दिने प्रतिबद्धता पनि जनाए ।
जनभेटघाट कार्यक्रममा स्थानीय जनप्रतिनिधि र शहीद परिवारका सदस्यहरूले विकाससम्बन्धी मागपत्र बुझाएका थिए । प्रचण्डले स्थानीय कला–संस्कृति संरक्षण गर्दै आयआर्जनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे ।











