Logo
Logo

काठमाडौं आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ


378
Shares

काठमाडौं  । नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् ।

यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँ राजदूत पठाएको हो । चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला  विभागका उप-महानिर्देशकहरूमध्ये एक हुन् । 

नयाँ राजदूत चाङ शुक्रवार बिहान एयर चाइनाको जहाजबाट काठमाडौं आइपुगेका हुन्। उनलाई चिनियाँ दूतावासका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अब माओमिङले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेपछि उनले आफ्नो कार्यकाल सुरु गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्