
file photo
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर ३९९ जना इन्जिनियरहरू जिम्मेवारीसहित परिचालन गरेको छ ।
एमाले निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)ले संघीय निर्वाचनलाई लक्षित गर्दै सम्बन्धित निर्वाचन क्षेत्रमा समन्वय, रणनीतिक सहयोग तथा प्राविधिक सल्लाह प्रदान गर्ने जिम्मेवारीसहित फिल्डमा खटाएको हो ।
सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै इन्जिनियरहरू बागमती प्रदेशमा (१३४ जना) रहेका छन् । संघीय राजधानी क्षेत्र तथा केन्द्रीय संरचनाहरू केन्द्रित भएकाले बागमतीमा प्राविधिक जनशक्तिको उपस्थिति उल्लेखनीय देखिएको हो ।
त्यसैगरी लुम्बिनी प्रदेशमा ७० जना र कोशी प्रदेशमा ६७ जना इन्जिनियरहरू परिचालित छन् । गण्डकी प्रदेशमा ४८ जना, मधेश प्रदेशमा ४३ जना तथा कर्णाली प्रदेशमा ३१ जना इन्जिनियरहरू जिम्मेवारीसहित खटिएका छन्।
सबैभन्दा कम संख्या सुदूरपश्चिम प्रदेशमा ६ जना रहेको छ । पीनका अध्यक्ष ई. डा. भेषराज थापाले इन्जिनियरहरूको यो परिचालनले निर्वाचन अभियानलाई तथ्य–आधारित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।












