Logo
Logo

रास्वपाका क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा ५ मा रास्वपाका सक्रिय नेता खनालको बहिर्गमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले प्रवेश गर्दै खनालले वर्तमान राजनीतिक घटनाक्रमले देशको राष्ट्रियतामाथि गम्भीर आँच पु¥याएको दाबी गरे ।

उनले देशमा वैदेशिक शक्तिहरूको चलखेल बढेको र यस्तो विषम परिस्थितिमा राष्ट्रवादी शक्तिलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले भने, ‘जुन घटनाक्रम घटिरहेका छन् त्यो चाहिँ एकदम अहिले राष्ट्रियतामाथि नै आँच आउने खालका छन् । यस्तो विषम परिस्थितिमा राष्ट्रियताको पक्षमा उभिने राष्ट्रवादी नेतालाई सपोर्ट गरौँ भनेर हामी केपी ओली जस्तो नेतालाई साथ दिन आएका हौँ ।’

उनले विदेशी फाउण्डेसन र साम्राज्यवादी शक्तिहरूको ‘नाङ्गो नाच’ नेपालमा भइरहेको आरोप लगाए । खनालले मिडिया ट्रायलका आधारमा मात्र नभई सुक्ष्म र गहन ढंगले अनुसन्धान गरेर देशको भविष्य र वर्तमान स्थितिको विश्लेषण गर्नुपर्ने बताए । उनले झापा ५ का युवाहरु राष्ट्रवादी धारमा उभिन तयार रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्