Logo
Logo

बङ्गलादेशमा आज नयाँ प्रधानमन्त्रीको शपथ


126
Shares

काठमाडौं । बङ्गलादेशमा आज नवनिर्वाचित नयाँ सरकारले कार्यभार सम्हाल्दै छ । निर्वाचनबाट बहुमतमा पुगेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बङ्गलादेशमा आज प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दै छन् ।

विद्यार्थी आन्दोलनपछि सरकार अपदस्त हुँदा बनेको अन्तरिम सरकारले निर्वाचन गरेर १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको हो ।

१२ फेब्रुअरी मा भएको निर्वाचनमा बीएनपी गठबन्धनले २ सय १२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको छ । बङ्गलादेशमा आज संसद् सदस्यहरूको शपथ ग्रहणसँगै अपरान्ह प्रधानमन्त्रीका रूपमा तारिक रहमानले शपथ गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्