Logo
Logo

दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न राप्रपाको माग


189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत सोमबार साँझ निवासबाटै पक्राउ परेका प्रसाइँलाई अविलम्ब र बिना शर्त रिहा रिहा गर्न माग गरेका हुन् ।

‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्