Logo
Logo

केही सञ्चार माध्यमले गलत सूचना फैल्याएर नेकपालाई अवमूल्यन गरेः अग्निप्रसाद सापकोटा


189
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही सञ्चार माध्यमहरुले आफ्नो पार्टीको उम्मेदवारविरुद्ध भ्रामक र गलत सूचना फैल्याएर अवमूल्यन गर्ने काम गरिरहेको जनाएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका नेता अग्निप्रसाद सापकोटा सो प्रतिक्रिया दिएका हुन् । उनले पत्रकारिताको न्युनतम मूल्य,मान्यता र निर्वाचन आचारसंहिता विपरितका भ्रामक र गलत समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति समेत जनाए।

उनले त्यस्ता खालको गतिविधि नगर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे। उनले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना लगाउनका लागि अनुगमनका कडाई गर्न नेपाल प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराए।

नेता सापकोटाले भने, ‘निर्वाचन आचारसंहिता उलंघन हुने विभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । केही सिमित सञ्चार माध्यामहरु पत्रकारिताको न्युनतम मान्यता र निर्वाचन आचारसंहिता विपरित भ्रामक र गलत सूचना फैल्याएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयास निरन्तर गरिरहेको छ । यस प्रकारको गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँदछ । हामी सबै सञ्चार माध्यमलाई पत्रकारितको मूल्य,मान्यता तथा नैतिकता पालना गर्न हुन र निर्वाचन आयोगद्वारा तोकिएको आचारसंहिताको कडाईका साथ पालना गरिदिन आग्रह गर्दछौँ ।’

नेता सापकोटाले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा विशेष जोड दिन सरकारलाई पनि सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्