Logo
Logo

बालेनमाथि लाग्यो नागरिकता कीर्ते गरेको गम्भीर आरोप, प्रहरीमा जाहेरी दर्ता


16.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहविरुद्ध सरकारी कागजात किर्ते गरेको गम्भीर आरोप लागेको छ।

उनले आफ्नो नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरीसमेत दर्ता भएको छ। जाहेरीकर्ताले बालेनले आफ्नो वास्तविक थर र पहिचान लुकाउन नागरिकताको विवरणमा अनधिकृत फेरबदल गरेको दाबी गर्दै उक्त जाहेरी दिएका हुन्।

उक्त जाहेरीमा बालेनले आफ्नो पुर्ख्यौली मधेशी पहिचान लुकाएर उच्च जातीय लाभ लिने उद्देश्यले ‘साह’ थरको सट्टा ‘शाह’ कायम गरी सरकारी कागजात किर्ते गरेको आरोप लगाएका छन्।

उनले बुबा र दाइको पुरानो नागरिकता, अनि बसाईं–सराई गर्दाको कागजात र पछि लिएको नागरिकताको प्रतिलिपीमा थरमा परिवर्तन गरेको जाहेरीमा उल्लेख छ।

प्राप्त दस्तावेजहरूका अनुसार, बालेनले सुरुमा जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट २०६३ साल पुस ६ गते नागरिकता प्रमाणपत्र नम्बर ६१९२ को नागरिकता लिएका थिए।

तर, काठमाडौँ महानगरपालिकाको मेयर पदमा बहाल भएपछि उनले २०७९ साल असार १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकताको पहिलो प्रतिलिपि लिको उल्लेख छ।

सोही प्रतिलिपि लिने क्रममा बालेनले आफ्नो र आफ्ना बुबाको नाममा रहेको ‘साह’ थरलाई अनधिकृत रूपमा परिवर्तन गरी ‘शाह’ कायम गराएको जाहेरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्