Logo
Logo

नेकपाले गर्यो सिन्धुली जिल्ला इन्चार्ज र संयोजकलाई कारबाही


252
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुलीका जिल्ला इन्चार्ज बुद्धिमान माझी र संयोजक पानीराज बम्जनलाई कारबाही गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै नेकपाको प्रदेश कमिटीले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली–२ मा आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका महेश्वर दाहाललाई सघाएको उनीहरूमाथि आरोप छ ।

आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी खडा गरी त्यसका पक्षमा खुलेआम मत माग्ने गतिविधि गरेपछि उनीहरूलाई कारबाही गरिएको नेकपा बागमती प्रदेश कमिटीले जनाएको छ ।

नेकपा बागमती प्रदेश कमिटीका संयोजक सरल सहयात्री पौडेलले पटकपटक औपचारिक तथा अनौपचारिक रूपमा पार्टीले दिएको निर्देशनलाई बेवास्ता गर्दै अनुशासन उल्लंघन गरेकाले उनीहरूलाई सबै जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्