Logo
Logo

आत्मालोचना गरेका छौँ, प्रश्न छलेर राजनीति गरेनौँ : ओली


126
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनका उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता भएको बताएका छन् ।

मंगलबार झापा– ५ का उम्मेदवारबीच पब्लिक डिबेटमा सहभागी भएका उनले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । ‘उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो । चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो’, उनले भनेका छन् ।

ओलीले भने, ‘उम्मेदवारहरू नागरिकभन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पु¥याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन ।’

उनले आफूमाथि उठेको प्रश्नको जवाफ दिन तयार रहेको र दिँदै आएको बताए । उनले थपेका छन्, ‘हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौँ । त्यसैले हामीमाथि आलोचना र विरोधहरू पनि सुनिन्छन् । कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौँ । प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ ।’

उनले आफू नागरिकहरूको साथमा रहेको समेत बताएका छन् । पब्लिक डिबेट कार्यक्रममा झापा ५ का उम्मेदवार ओलीसहित कांग्रेसकी उम्मेदवार मन्धरा चिमोरिया पौडेल, नेकपाका रञ्जित तामाङलगायत उम्मेदवार सहभागी थिए । बालेन भने सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्