Logo
Logo

कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र ‘भिजन-१०’


252
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र ‘भिजन–१०’ सार्वजनिक गरेको छ । जनकपुरधाममा आयोजित चुनावी सभामा सभापति गगनकुमार थापाले यसलाई प्रस्तुत गरेका हुन् ।

The current image has no alternative text. The file name is: kangress.jpg

भिजन–१०मा कांग्रेसले नेपालको भविष्यलाई “कांग्रेसको भएर बाँच्ने नेपालदेखि समुन्नतिमा लम्किने नेपाल” सम्मको परिकल्पनासहित देखाएको छ।

यस्ता छन् ‘भिजन–१०’ का मुख्य अङ्गहरू:

कांग्रेसको भएर बाँच्ने नेपाल – लोकतन्त्र र संघीयताको बलियो स्थापना

सपना देख्न सक्ने नेपाल – युवा र नागरिकका आकांक्षालाई प्रोत्साहन गर्ने

सम्पत्ति र रोजगारी सृजना गर्ने नेपाल – आर्थिक अवसर र उद्यमशीलता प्रवर्द्धन

पेटभरी खुवाउने, देश चिनाउने किसानको नेपाल – कृषकको सशक्तिकरण

ओखती र ओत दिने नेपाल – न्यायपूर्ण र समान अवसर दिने समाज

छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल – निशुल्क र गुणस्तरीय शिक्षा

बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल – कानूनी सुरक्षा र सुशासन

भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल – सांस्कृतिक गौरव र विकास

विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल – कूटनीति र अन्तर्राष्ट्रिय प्रतिष्ठा

समुन्नतिमा लम्कने नेपाल – दिगो विकास र प्रगतिशील समाज

प्रतिक्रिया दिनुहोस्