Logo
Logo

भोजपुरमा बस दुर्घटना, २३ जना सैनिक घाइते


0
Shares

भोजपुर । भोजपुरमा नेपाली सेनाका जवान लिएर जाँदै गरेको बस भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाको सीमामा दुर्घटनामा परेको छ । दुर्घटनामा सेनाका २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ८ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए ।

बाँकीको भोजपुरमै उपचार भइरहेको पौडेलले जनाए । बसमा स्टाफसहित २६ जना थिए । बसब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्