Logo
Logo

ओलीको दाबी- ठूला पार्टी मिलेकै कारण संकट आएको होइन


189
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा ठूला पार्टी मिलेकै कारण देशमा संकट नआएको बताएका छन् । बरु नेपालको स्थायित्व र समृद्धि देख्न नसक्ने शक्तिले षडयन्त्रपूर्वक घटना घटाइएको ओलीको भनाइ छ ।

बिहीबार काठमाडौंमा यही फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘संवैधानिक बाटोबाट स्थिर सकार नढल्ने भएपछि अपनाइएको अर्को बाटो हो भदौ २३ र २४ घटना ।’

ओलीले भदौ २३ र २४ का घटना नियोजित थिए कि योजनाबद्ध ? भन्ने प्रश्न गरे । ‘सरकारी सम्पत्तिमा किन आक्रमण गरियो ?’, ओलीले भने ।

ओलीले जेनजीको मागविनै संसद् विघटन गरिएको बताए । देशलाई संवैधानिक संकटमा लैजान जेनजी कुनै मागविना प्रतिनिधिसभा विघटन गरिएको ओलीको जिकिर छ ।

संविधानको रक्षा गर्न जनताले यसको जवाफ खोज्नैपर्ने ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्