Logo
Logo

रास्वपासँग डराउनुपर्ने जो हो डराए हुन्छ, जनता डराउनुपर्दैन: रवि लामिछाने


63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता सचेत र जागरूक भएको बेला अनावश्यक विवाद नगर्न अन्य दललाई आग्रह गरेका छन् ।

The current image has no alternative text. The file name is: rabii.jpg

सुर्खेतमा आयोजित चुनावी वाचापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

लामिछानेले भने, “जतिबेला जनता जाग्छ, त्यतिबेला कचकच गर्न पाइँदैन । सबै मिले हुन्छ। रास्वपा एक्लै लड्छ । रास्वपासँग डराउनुपर्ने जो हो डराए हुन्छ, जनता डराउनुपर्दैन ।”

उनले रास्वपाको उद्देश्य विश्वविद्यालयहरूमा दलगत प्रभाव हटाएर अध्ययन–अध्यापनमा केन्द्रित वातावरण बनाउने र ठेक्का लिइएका पूर्वाधार आयोजना समयमै सम्पन्न हुने सुनिश्चितता गर्ने रहेको बताए ।

“हामीले युनिभर्सिटीमा दलका ब्यानर हटाएर पढाइमा ध्यान दिने वातावरण खोजेका हौं। ठेक्का लिएको बाटो समयमै निर्माण गर्ने संस्कार बसाल्न चाहेका हौं,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्