Logo
Logo

सरकार गठनको तीन महिनाभित्र संविधान संशोधनमा ‘बहस पत्र’ ल्याउने रास्वपाको योजना


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी निर्वाचनपछि सरकारको नेतृत्व पाए संविधान संशोधनका प्रस्तावहरूबारे तीन महिनाभित्र ‘बहस पत्र’ तयार गर्ने योजना सार्वजनिक गरेको छ ।

The current image has no alternative text. The file name is: raswapa.jpg

बिहीबार सुर्खेतमा सार्वजनिक गरिएको वाचापत्रमा रास्वपाले राष्ट्रिय सहमति कायम गर्ने उद्देश्यसहित संविधान संशोधनका विषयमा संरचित छलफल अघि बढाइने उल्लेख गरेको हो ।

वाचापत्रमा भनिएको छ, “सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार गर्नेछौं ।”

रास्वपाले ‘बहस पत्र’ मा प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणा समेटिने जनाएको छ । साथै पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैर दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूपबारे पनि छलफल गरिने पार्टीको धारणा छ ।

“प्रारम्भिक छलफलका लागि पेश हुने विषयमा न्यूनतम रूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैर दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप रहनेछन्,” वाचापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्