Logo
Logo

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेस प्रवेश


630
Shares

काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धरसहित चार जना नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

The current image has no alternative text. The file name is: kangress-1.jpg

काठमाडौंमा आयोजित गगन कुमार थापासँगको प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् । पूर्वमन्त्री मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन् । यसअघि २०४९ सालमा उनले काठमाडौं वडा नं. १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

मानन्धरसँगै कांग्रेस प्रवेश गर्नेमा दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल र काठमाडौं-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारका आकांक्षी प्रणयशम्शेर राणा रहेका छन् ।

राणा २०७९ सालमा कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका थिए । सोही वर्ष उनी रास्वपाबाट काठमाडौं-५ मा उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्