Logo
Logo

भैरहवाको चुनावी सभा स्थगित गर्न रास्वपाको निर्देशन


1.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवामा गर्ने भनिएको चुनावी सभा स्थगित गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पत्र पठाएर भोलि शनिबार भैरहवामा गर्ने तय भएको चुनावी सभा स्थगित गर्न निर्देशन नै दिएको हो ।

संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पत्रमा उल्लेख छ ।

चुनावी सभाका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका बेला पार्टी केन्द्रबाट नै सभा स्थगित गर्न निर्देशन आएको रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

गएराति दाङमा रास्वपा समर्थकहरुले नेकपा एमालेको झण्डा जलाएको र एमाले अध्यक्ष केपी ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनाका कारण रुपन्देहीको सभा स्थगित भएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ । रास्वपा समर्थकहरुले पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै एमाले कार्यकर्ताहरु रुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्