Logo
Logo

गौरमा आज बिहान साढे ८ बजेसम्मलाई कर्फ्यु खुकुलो पारियो


504
Shares

काठमाडौं । रौतहट जिल्लाको सदरमुकाम गौरमा दुई समुदायबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यो आदेश जारी गरेका हुन् ।

The current image has no alternative text. The file name is: gaur-1.jpg

आज (आइतबार) पनि कर्फ्यु निरन्तर छ । अत्यावश्यक कामका लागि बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म कर्फ्यु केही खुकुलो पारिएको छ । ८:३० बजेपछि अर्को सूचना जारी नभएसम्म पूर्ण कर्फ्यु लागू रहनेछ । शनिवार दिउँसो १ बजेदेखि लागू भएको यो कर्फ्यु आइतबार बिहान ६:३० बजेसम्म निरन्तर थियो । त्यसपछि दुई घण्टा खुकुलो पारिएको हो । 

गौर नगरपालिका–६ स्थित सनगडा ९सपगडा० गाउँमा शनिवार बिहान मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । यो विवाद भड्किएर झडप, ढुङ्गा हानाहान र आगजनीमा बदलियो । प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो ।प्रदर्शनकारीहरूले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगो लगाएका थिए । विवाद गौरका अन्य वडाहरूमा समेत फैलिएको थियो । स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ ।

कर्फ्यु क्षेत्र

कर्फ्यु लागू हुने क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क (वा बाम नहर) क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयको सीमा कायम गरिएको छ । यस क्षेत्रभित्र आवतजावत, भेला, सभा, जुलुस, प्रदर्शन आदि पूर्ण रूपमा निषेध गरिएको छ । जिल्ला प्रशासनले सबै पक्षलाई शान्ति र सद्भाव कायम राख्न आग्रह गरेको छ । कर्फ्यु आदेश उल्लंघन गरेमा स्थानीय प्रशासन ऐनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्