Logo
Logo

साउदी अरेबियाका लागि नेपाली राजदूतको राजीनामा स्वीकृत


693
Shares

काठमाडौं । साउदी अरेबियाका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।

The current image has no alternative text. The file name is: dhakal.jpg

जेनजी आन्दोलनपछि बनेको सरकारले असोजको अन्तिम साता विभिन्न देशमा कार्यरत ११ जना राजदूतलाई फिर्ता बोलाएको थियो। तीमध्ये हालसम्म सात जनाले राजीनामा दिइसकेका छन् भने चार जना राजदूतले अझै राजीनामा दिएका छैनन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राजदूत ढकालले केही समयअघि पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा आज स्वीकृत गरिएको हो ।

यसअघि रुसका लागि नेपाली राजदूत जङ्गबहादुर चौहान, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिना, अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे तथा कतारका लागि नेपाली राजदूत रमेश पौडेलले राजीनामा दिइसकेका छन् ।

हालसम्म जर्मनीका लागि शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, स्पेनका लागि शनिल नेपाल र जापानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले राजीनामा दिएका छैनन् ।

उनीहरू मन्त्रालयमा हाजिर गर्दै तलब-भत्ता बुझ्दै आएका छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, “मन्त्रालयमा झिकाइएका राजदूतहरूले के काम गरिरहनुभएको छ भन्ने स्पष्ट छैन । तर, तलब-भत्ता भने नियमित रूपमा बुझिरहनुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्