काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मामलामा दुई जनालाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले दिपकचन्द्र अमात्य र सुरेश आचार्यलाई साधारण तारेखमा रिहा गरी मुद्दाको पुर्पक्ष अगाडि बढाउन आदेश दिएको हो ।
उनीहरू नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिको बैठकमा उपस्थित भए पनि चाइनिज कम्पनीसँगको खरिद प्रक्रियाका अन्य काममा संलग्न भएको प्रमाण नआएको भन्दै सो आदेश जारी गरिएको हो ।
अमात्य पूर्व संस्कृति तथा पर्यटन मन्त्री हुन् भने आचार्य तत्कालीन पर्यटन सहसचिव थिए ।
यस भ्रष्टाचार प्रकरणमा विशेष अदालतले कुल ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।











