काठमाडौं । धादिङमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटना रति करिब साढे १ बजे पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएको छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मृतक र घाइतेको विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्थानीयहरुले उद्धार गरिरहेका छन् ।











