Logo
Logo

धादिङ बस दुर्घटना अपडेट : २८ जना घाइतेको पहिचान खुल्यो


2k
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: accident-6.jpg

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४५ जना सवार रहेको बताइएको छ । २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । घाइते सबैको पहिचान भने खुलेको छ ।

दुर्घटनास्थलबाट सबै घाइतेहरूको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ ।जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

घाइतेको विवरण

प्रतिक्रिया दिनुहोस्