Logo
Logo

दुई तिहाइ बहुमतको पार्टी फुटाउनेहरूले देश कमजोर पारे : ओली  


819
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई बहुमत प्राप्त पार्टी फुटाउनेहरुले देश कमजोर पार्ने कार्य गरेको आरोप लगाएका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक इमानदारी र दृढ संकल्प नै सफलताको आधार भएको बताए ।

ओलीले सानो स्तरबाट सुरु गरी नेकपा एमालेलाई देशको प्रमुख पार्टी र दुई तिहाई हैसियतको शक्तिमा स्थापित गर्न गरेको संघर्षको स्मरण गरे । तर सफलता सहन नसक्नेहरूले पार्टी फुटाएर आन्दोलन कमजोर पारेको उनले बताए । सही कामका लागि गरिएको जिद्दी र संघर्षले नै गणतन्त्र तथा परिवर्तन सम्भव भएको उनको दाबी रहेको छ । आफ्नो कार्यशैलीबारे उनले भने, ‘म बाटो बनाउने मान्छे हुँ । भीरपखेरामा हामफाल्दै, ब्लास्टिङ गर्दै नयाँ ट्रयाक खोल्ने काम गरेको छु । जीवनभर नयाँ ठाउँमा पुगेर आफैँ बाटो खनेको छु ।’

ओलीले १४ वर्षको कठोर जेल जीवन, भूमिगत कालका चुनौती र गुमेका साहित्यिक सिर्जनाहरू भावुक हुँदै स्मरण गराए । पक्राउको डरले नोट नराख्ने बानीका कारण अहिले पनि धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्