Logo
Logo

दमक भ्युटावर सञ्चालनमा ल्याउने बालेनको बाचा


378
Shares

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्नो झापा-केन्द्रित चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । बाचापत्र फागुन २१ गते हुने निर्वाचनका लागि तयार पारिएको हो । 

बाचापत्रको मुख्य आकर्षण दमकमा निर्माण गरिएको भ्युटावर र दमक सभागृहलाई उच्चतम नागरिक उपयोगितामा सञ्चालनमा ल्याउने प्रतिबद्धता हो । लामो समय अलपत्र रहेको यो भ्युटावर ओलीको आलोचनाको विषय बन्दै आएको छ । बालेनले भनेका छन्, ‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरू उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।’

उनको बाचापत्र संविधानको पालना, सुशासन, भ्रष्टाचारविरुद्ध सङ्घर्ष र झापा ५ को विकासमा केन्द्रित छ।  राष्ट्रिय नीति तथा बजेटमा झापाका मुद्दा सशक्त उठाउने, सङ्घ–प्रदेश–स्थानीय तहका योजनाको प्रभावकारी अनुगमन गर्ने, आधारभूत आवश्यकता (शिक्षा, स्वास्थ्य, रोजगारी) सबैसम्म पुर्‍याउने, स्थानीय भाषालाई पाठ्यक्रममा समावेश गर्ने र प्रकृति संरक्षणमा जोड दिने उनका प्रमुख प्रतिबद्धताहरू हुन् । 

प्रतिक्रिया दिनुहोस्