Logo
Logo

रौतहटको कर्फ्यू हटाइयो


252
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले कफ्र्यू आदेश हटाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि लागू हुने गरी कफ्र्यू हटाइएको हो ।

यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको क्षेत्रमा जारी कफ्र्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

गत ७ गते विवाहमा बाजा बजाएको निहुमा दुई समुदायबीच झडप भएपछि रौतहट तनावग्रस्त बनेको थियो । प्रशासनले पछिल्लो सुरक्षा मूल्यांकनपछि अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै कफ्र्यू हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्