Logo
Logo

रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने सर्वोच्च आदेश


378
Shares

काठमाडौं । सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दा भदौ २४ को आगजनीका कारण नष्ट भएको मिसिल झिकाउने आदेश दिएको हो ।

जलेका मिसिल पुनः प्राप्तिपछि अदालतले सुनुवाइका लागि अर्को पेसी तोकिने छ । गुणस्तरहीन पुल बनाएको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएपछि सो फैसला उपर हरिनारायण रौनियारसहित ८ जना फरक-फरक मितिमा पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए ।

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले पनि ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन गरेको थियो । दुवै पक्षको पुनरावेदनलाई एक साथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको हो ।

पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन पुल बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियार (पप्पु) लाई दोषी ठहर गरी जरिवाना सुनाएको थियो । अदालतले हरिनारायण र उनका छोरालाई जनही साढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्