काठमाडौं । के इतिहासका पानालाई राजनीतिक स्वार्थको मसीले मेट्न सम्भव छ रु नेकपा एमाले अहिले यी नै प्रश्नहरूको घेराबन्दीमा छ । एमाले जेनजी विद्रोहमाथि ‘पोष्ट–ट्रुथ’ अर्थात् सत्यपछिको भ्रम छर्ने निकृष्ट खेलमा छ । भदौ २४ गतेको घटनालाई ढाल बनाएर २३ गतेको क्रूरता लुकाउन खोज्ने एमालेको यो रणनीतिले पीडितको घाउमा नुन–चुक छर्किने काम गरेको छ । नेतृत्वको ‘ब्रह्मवाक्य’लाई नै अन्तिम सत्य मान्ने कार्यकर्ता र तथ्य बुझ्ने आधुनिक पुस्ताबीचको यो द्वन्द्वले एमालेलाई कुन दिशामा लैजाला रु आखिर सत्यलाई कोठाभित्र थुनेर भ्रमको खेती कति दिन टिक्ला ?
नेकपा एमाले यतिबेला राजनीतिमा ‘पोस्टमार्टम’ होइन, ‘पोष्ट–ट्रुथ’ अर्थात् सत्यपछिको भ्रमको निकृष्ट अभ्यासमा तल्लीन छ । तथ्यलाई बङ्ग्याएर कालोलाई सेतो र सेतोलाई कालो साबित गर्ने यो रणनीतिले केवल राजनीतिक विचलन मात्र उजागर गर्दैन, बरु दुनियाँलाई हँसाउने प्रहसनको मञ्चन गरिरहेको अनुभूति गराउँछ । एमाले एउटा यस्तो कठोर सङ्गठनमा आधारित पार्टी हो, जहाँ हाई कमाण्डले जे निदेर्शन दिन्छ, तल्लो तहका कार्यकर्ताबाट ठ्याक्कै त्यही लागू हुन्छ । विचारको मन्थन कहीकतै हुँदैन । त्यसैले एमालेले आफ्ना कार्यकर्तालाई प्रशिक्षित मात्र होइन, ‘प्रोग्रामिङ’ पनि गर्ने गरेको छ । अहिले पनि एमाले पार्टी पंक्तिमा एउटा निर्लज्ज भाष्य कण्ठ गराइएको छ-पहिले संसद् भवन जल्यो, अनि मात्रै गोली चल्यो ।
बाँकी भिडियोमा हेर्नुहोस्











