Logo
Logo

कुनै पनि बहानामा निर्वाचन सार्नु हुँदैन : एमाले


252
Shares

काठमाडौं । नेकपा (एमाले) ले निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएको छ । मंगलवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर पार्टी प्रचार विभाग संयोजक मीनबहादुर शाहीले निर्वाचनको मिति सार्ने हल्ला फिँजाइएको भन्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरे ।

उनले निर्वाचनको मिति कुनै पनि बहानामा सार्न नहुने कुरामा एमाले दृढ रहेको पनि बताए । एमालेले निर्भयताका साथ निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराएको छ ।

उनले भने, ‘फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा कुनैपनि विषय अगाडि सारेर निर्वाचन सार्ने जे हल्ला पिटाइँदैछ बजारमा । तर, फागुन २१ गते कुनैपनि बहानामा निर्वाचन सर्नु हुँदैन । फागुन २१ मा नै निर्वाचन हुनुपर्छ भनेर भनेका हौँ । निर्वाचनको मिति सछै भन्ने एमालेलाई शंका छैन । तर जे हल्ला पिटाइएको छ । तपाईहरु सबैलाई निर्वाचन हुन्छ र भन्ने शंका छ ।’

साथै एमालेले आसन्न निर्वाचनमा पार्टीले बहुमत ल्याउने र सरकार बनाउने दावी पनि गर्दै आएको छ । प्रचार विभागका संयोजक शाहीले निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्