Logo
Logo

अफगानका २७ सैन्य चौकी नष्ट, ९ माथि कब्जा गरेको पाकिस्तानको दाबी


882
Shares

काठमाडौं । पाकिस्तानले अफगान तालिवानका २७ सैन्य चौकी नष्ट गरेको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता मुशर्रफ जैदीले पाकिस्तानी सेनाको आक्रमणबाट अफगान तालिवानका २७ सैन्य चौकी नष्ट भएका दाबी गरेका हुन् ।

The current image has no alternative text. The file name is: pakistan-1.jpg

उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् बयान जारी गर्दै अफगान तालिवानका नौ सैन्य चौकीलाई पाकिस्तानी सेनाले कब्जा गरेको पनि उल्लेख गरेका छन् । जैदीले पाकिस्तानी सेनाले अफगान तालिवानका ८० भन्दा बढी ट्यांक, तोप र बख्तरबन्द बाहन पनि नष्ट गरेको दाबी गरेका छन् ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’ घोषणा गरेका थिए । प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता जैदीले शुक्रबार बिहान ३ः४५ बजेसम्मको घटनाक्रमको अपडेट दिँदै एक्समा लेखेका छन्, ‘आक्रामकताविरूद्ध पाकिस्तानको तत्काल र प्रभाकारी प्रतिक्रिया जारी छ ।’

पाकिस्तानी सेनाको आक्रमणमा अफगान तालिवानका १३३ सदस्य मारिएका र दुई सयभन्दा बढी घाइते भएका पनि उनको दाबी छ । उता तालिवानको रक्षा मन्त्रालयले बिहीबार राति १९ पाकिस्तानी सैन्य चौकी र अन्य दुई ठेगाना कब्जा गरिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार ५५ पाकिस्तानी सैनिक मारिएका छन् ।

तर, यी आँकडाहरूको स्वतन्त्र ढङ्गबाट पुष्टि गर्न कठिन रहेको बीबीसी हिनदीले उल्लेख गरेको छ । झडपका दौरान दुवै पक्ष एक-अर्कालाई ठूलो क्षति पुर्याइएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्