Logo
Logo

कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण छैन : गगन थापा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् ।शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताएका हुन् ।

उनले भने, ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन । घर–घरमा गएर रुखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।’

कांग्रेसभित्रको आन्तरिक समस्यालाई मिलाइसकेको पनि उनले दाबी गरे । आन्तरिक विवाद मात्र नभई राष्ट्रिय मुद्दामा अन्य दलसमेत मिलाएर अगाडि बढ्ने तागत आफूसँग रहेको सभापति थापाको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्