
देश निर्वाचनको चटारोमा छ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेशदेखि पहाडसम्म शक्ति प्रदर्शन गरिरहेका छन् । कांग्रेसले गगन थापा र रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावी मैदान तताएका छन् । तर, आफूलाई मुलुककै सबैभन्दा ठूलो सङ्गठन दाबी गर्ने एमाले यसपटक ‘रक्षात्मक मौनता’ मा खुम्चिएको छ ।
एउटा यस्तो समय थियो, जहाँ एमाले भन्नु नै जनपरिचालन थियो । हिजो मदन भण्डारीको एक हुङ्कारले काठमाडौँका सडक भरिन्थे, ओलीको एउटा ठट्टा सुन्न हजारौँको भिड जम्मा हुन्थ्यो । तर आज, जब देश निर्णायक मोडमा उभिएको छ, एमालेका ती परिचित दृश्यहरू विरलै देखिन्छन् । के यो केवल रणनीति हो ? या गहिरो राजनीतिक अवसानको संकेत ?
यसपटक एमाले मौन रहनुको मुख्य कारण हो– मतदाताको कठोर प्रश्न र नेतृत्वको नैतिकतामा लागेको गहिरो दाग । विशेष गरी भदौ २३ र २४ को ऐतिहासिक युवा विद्रोहमा ७६ जना सहिद हुनु र त्यसको बागडोर ओली नेतृत्वको सरकारको हातमा हुनुले एमालेको छविमा गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ । राज्यसत्ताको त्यो निर्मम दमनबाट उब्जिएको जनआक्रोश नै आज एमालेका लागि निल्नु न ओकल्नुको पासो बनेको छ ।
बाँकी कमेन्टमा











