
काठमाडौं । शनिबार एकाबिहानै अमेरिका र इजरायल मिलेर इरानमाथि हमला ग¥यो । यो कुनै सामान्य हमला थिएन, यसले इरानको सत्ताको केन्द्रविन्दु मानिने सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको ज्यान लियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति नै आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत खामेनी मारिएको दाबी गरेका थिए । इरानले भने आइतबार बिहान मात्रै आफ्ना सर्वोच्च नेता मारिएको आधिकारिक पुष्टि ग¥यो । सरकारी टेलिभिजनमा समाचार वाचकले रुँदै खामेनी अब यस संसारमा नरहेको जानकारी दिए ।
८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा सर्वशक्तिमान पदमा आसिन थिए । उनको निधनसँगै इरान सरकारले देशभर ४० दिने राष्ट्रिय शोक घोषणा गरेको छ । यस अवधिमा इरानको राष्ट्रिय झण्डा आधा झुकाइनेछ भने देशभर विभिन्न शोक कार्यक्रमहरू आयोजना गरिनेछन् । खामेनी मारिएपछि इरानमा केही नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।
बाँकी भिडिओमा











