काठमाडौं । साउदी अरेबियाको रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनबाट आक्रमण भएको पुष्टि गरेको छ ।दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आक्रमणबाट भवनमा सानो आगलागी भएको र सामान्य क्षति भएको बताएको छ ।

साउदी अरेबियास्थित अमेरिकी मिसनले जेद्दा, रियाद र धहरानका बासिन्दाहरूलाई ‘घरमै सुरक्षित रहन’ सल्लाह दिएको छ ।
सोमबार बिहानै कुवेतस्थित अमेरिकी दूतावासबाट वा नजिकै धुवाँ उठिरहेको देखिएको थियो ।यसपछि दूतावासले मानिसहरूलाई दूतावासमा नआउन र घरमै सुरक्षित रहन आग्रह गरेको छ ।
इजरायल र अमेरिकाले शनिबार इरानमाथि आक्रमण गरेपछि इरान र इजरायलले एकअर्कामाथि आक्रमण गरिरहेका छन् ।यसैबीच, इरानले मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइरहेको छ ।











