काठमाडौं । कतारले इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्धित १० जना संदिग्ध जासुसलाई पक्राउ गरेको जनाएको छ ।

कतारको सरकारी समाचार संस्थाका अनुसार बुधवार बिहानै सुरक्षा निकायले आईआरजीसीका लागि काम गरिरहेका दुई समूहलाई सफलतापूर्वक नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये सात जनालाई देशका महत्त्वपूर्ण र सैन्य पूर्वाधारसम्बन्धी सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।
त्यस्तै, अन्य तीन जना संदिग्धलाई ड्रोन प्रयोगसम्बन्धी तालिम दिइएको आरोप लगाइएको छ ।
सरकारी समाचार संस्थाका अनुसार अनुसन्धानका क्रममा उनीहरूले आफूहरू इरानी रिभोल्युशनरी गार्डसँग सम्बन्धित रहेको स्वीकार गरेका छन् । साथै उनीहरूलाई जासुसी तथा विध्वंसात्मक गतिविधि सञ्चालन गर्ने जिम्मा दिइएको बयान दिएको जनाइएको छ ।











