Logo
Logo

प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद्को बैठक


0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा भोलि हुने निर्वाचनको तयारी र सुरक्षाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भोलि देशैभर प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

सुरक्षा दृष्टिकोणले यसपटकको निर्वाचन संवेदनशील रहेकाले प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थाको विषयमा चासो राख्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्