काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मङ्गलवार खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मङ्गलवार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ ।













