Logo
Logo

कांग्रेस सहमहामन्त्रीमा जीवन शाहीको उम्मेदवारी दर्ता 


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मङ्गलवार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

The current image has no alternative text. The file name is: jiwon.jpg

कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मङ्गलवार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्