काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डिला संग्रौलाले महामन्त्रीमा उम्मेदवारी दिएकी छन् । मङ्गलवार संग्रौलाले महिलातर्फ महामन्त्रीमा उम्मेदवारी दिएकी हुन् । उनी यसअघि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन् ।

नेविसंघको अनुभव, महिला सङ्घको केन्द्रीय अध्यक्ष तथा दुईपटक केन्द्रीय सदस्य हुँदै उनी सांसद बनिसकेकी छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मङ्गलवार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ ।













