Logo
Logo

पक्राउ परेका नेकपा उम्मेदवारको गाडीबाट सुँगुरको टाउको बरामद


1k
Shares

काठमाडौं । गएराति पर्साबाट पक्राउ परेका नेकपाका उम्मेदवार मनोजकुमार चौधरी सवार गाडीमा सुतली बम र सुँगुरको टाउको फेला परेको छ । प्रहरीले चौधरीलाई गएराति करिब १० बजे पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–३ बडनिहारबाट पक्राउ गरेको थियो ।

उनी सवार गाडी सेनाको टोलीले खानतलासी गर्दा नौथान सुतली बम, एउटा सुँगुरको टाउको र १० मिटर वाइरिङको तार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएससी हरिबहादुर बस्नेतले जानकारी दिए ।

चौधरीसँगै अन्य तीन जना पनि पक्राउ परेका छन् । जसमा बाराको प्रसौनी गाउँपालिका ४ बस्ने २६ वर्षीय सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका ९ बस्ने ३० वर्षीय सुरज कार्की र पर्सागढी नगरपालिका ३ का ६८ वर्षीय सत्यनारायण थारु छन् ।

उनीहरूलाई विष्फोटक पदार्थ सम्बन्धि कसूर, सार्वजनिक शान्ति विरुद्धको कसूर र निर्वाचन सम्बन्धि कसूरमा थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्