Logo
Logo

रतन कार्कीलाई प्रहरीले किन बोलायो ?


630
Shares

काठमाडौं । युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार मौन अवधिमा उम्मेदवारको प्रचार हुने सामग्रीसहित भिडियो पोस्ट गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको हो । मौन अवधिमा अपलोड गरिएको भिडियो हटाएपछि कार्की फर्किएका छन् ।

युट्युमार्फत परिचित कार्की यसअघि जापानमा बस्दै आएका थिए । केही दिनअघि नेपाल फर्किएका उनले चुनावी माहोलसँग सम्बन्धित भिडियो तयार गरी टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्